कांग्रेसको संस्थापन इतर समुह सभापतिमा साझा उम्मेदवार तय गर्न समहती

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ  । नेपाली कांग्रेसको संस्थापन इतर समुह सभापतिमा साझा उम्मेदवार तय गर्न समहती नजिक पुगेको छ ।

सभापतिमा साझा उम्मेदवार तय गर्न बुधबार बिहान काठमाडौमा आयोजित पदाधिकारीसहित जिल्ला सभापति रपूर्वसभापतिहरुसहितको भेलामा सभापतिमा साझा उम्मेदवार तय गर्नका लागि समहती नजिक पुगेको बैठकपछि कांग्रेसका नेता अजुर्ननरसिंह केसीले जानकारी दिए । साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइलारा सभापतिमा दाबी छोड्न तयार रहेको भेलामा जानकारी गराएको नेता केसीले बताए ।

सो समूहको बैठक आजै दिउँसो ३ बजे नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बस्ने जनाइएको छ। यसअघि मंगलबार चाक्सीबारीमै संस्थापनइतरको बैठक बसेको थियो। बैठकले साझा उम्मेदवार तय गर्ने प्रयास गरेको भए पनि सफल भएको थिएन। नेताहरुका अनुसार आज साँझसम्ममा संस्थापनइतरले साझा उम्मेदवारबारे टुंगो लागाउने बताइएको छ। कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुने तय छ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्