नमोबुद्ध नगरका ५०२ योजना सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रेपलाञ्चोक्र । एक वर्षको अवधिमा नमोबुद्ध नगरपालिकाका ५०२ योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा तय गरिएका ५९९ योजना र कार्यक्रममध्ये ८३ दशमलव ८० योजना र कार्यक्रम सम्पन्न भएका हुन् ।

नगरले वार्षिक समीक्षा गर्दै गत आवमा भएगरेका कामको विवरण सार्वजनिक गरेको हो । गत आवमा रु ७४ करोड ३१ लाख २८ हजार विनियोजित बजेटमध्ये ८४ दशमलव ६९ प्रतिशत अर्थात् रु ६२ करोड ९४ लाख १४ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभयो । चालुतर्फ रु ४० करोड ७९ लाख १४ हजार विनियोजन गरिएकामा रु ३६ करोड १२ लाख ८३ हजार खर्च भएको उल्लेख गरिएको छ । यो चालुतर्फको कूल बजेटको ८८ दशमलव ५६ प्रतिशत हो ।

यस्तै, पुँजीगततर्फ रु ३३ करोड ५२ लाख १३ हजार बजेट विनियोजन भएकामा ८० दशमलव ०८ प्रतिशतअर्थात् रु २६ करोड ८४ लाख ५१ हजार खर्च भएको छ । पौडेलका अनुसार कोभिड–१९ महामारीका कारण सङ्घ तथा प्रदेशबाट प्राप्त योजना अघि बढ्न नसक्नुलगायतका कारण कतिपय योजना सञ्चालनमा कठिनाइ भएको थियो । वडागतरुपमा २७० योजनामध्ये ८२ दशमलव ९६ प्रतिशत अर्थात् २२४ योजना सम्पन्न भएका छन् । नगरका ११ वडामध्ये ४ नम्बरले शतप्रतिशत योजना सम्पन्न गरेको जनाइएको छ । उक्त वडामा २४ योजनामा बजेट विनियोजन भएकामा सबै सम्पन्न भएका हुन् ।

यसैबीच, नगरले रु ६ करोड राजस्व सङ्कलनको अनुमान गरेकामा रु चार करोड १४ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । कोभिड–१९ का कारण कतिपय क्षेत्रमा राजस्व छुट दिएको लगायतका कारण अनुमानभन्दा कम राजस्व सङ्कलन भएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । उनका अनुसार गत आव कोभिड–१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गर्नुलाई उपलब्धिको रुपमा लिइएको छ । नरगरले गत साल कोरोना रोकथाम तथा नियन्त्रणको क्रममा आइसोलेसन स्थापना गरी १७८ जनाको उपचार गरेको थियो ।

यस्तै, यस्तै गत आर्थिक वर्षमै मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिएको, सबै स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार र औलोको परीक्षण सुरु गरिएको, महिलाका लागि सीप विकास तालिम सञ्चालन गरिएको नगरले जनाएको छ । सात हजार मिटर सडक ग्राभेल गरिएको छ भने ६०० मिटर सडक कालोपत्रे गरिएको वार्षिक प्रगति विवरणमा उल्लेख छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्