रामचन्द्र पौडेल १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै मञ्चमा पुगेका हुन् ।

यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने भनेका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने उनले बताएका थिए । उदघाटन समारोहमा बिभिन्न राजनीतिक दलका नेताहरु पनि पुग्ने क्रम जारी छ । महाधिवेशन उदघाटन समारोह औपचारिक रुपमा सुरु हुनुअघि मञ्चमा सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्