कांग्रेसको महाधिवेशनमा को–को भए सहभागि ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन समारोहमा विभिन्न दलका नेताहरुको सहभागिता रहेको छ ।

हालै महाधिवेशनबाट निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि उद्घाटन समारोहमा सहभागिता भएका छन् । त्यस्तै , माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता रहेको छ । यस्तै मालेका महासचिव सीपी मैनालीको पनि सहभागिता रहेको छ ।

भारतीय जनता पार्टीका नेतासहितका विदेशी पाहुनाहरुको पनि सहभागिता रहेको छ। यसैबीच एमाले अध्यक्ष केपी ओली कार्यक्रम स्थलमा पुगेका छैनन् । उनी सहभागि हुने बताइएपनि पुग्न ढिलाइ भएको हो । यसअघि एमालेको १० औं महाधिवेशनमा सम्बोधनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्