राष्ट्रपति भण्डारी जुम्लामा

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकिछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला पुगेकि हुन् ।

उनी प्रतिष्ठानबाट ७०० मिटर टाढा सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको नन्दबक्स गणमा रहेकि र त्यहाँबाट राष्ट्रपति भण्डारी पैदलै कार्यक्रमस्थल आउन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

“राष्ट्रपति भण्डारीले पहिलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नेछन् ,” डा रावलले भने , “त्यसपछि रु ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनकोसमेत शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्