‘पुँजी बजारमा लगानीकर्ताको लगानीको संरक्षण गर्न मन्त्रालय सधैँ गम्भीर छ’ :अर्थमन्त्री शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । शेयर बजार मन्त्रीले घटाउन र बढाउन भूमिका खेल्न नसक्ने भन्दै उनले त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए ।

सोमबार बिमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको जानकारी गराए । शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइरहेको भन्दै उनले त्यसतर्फ काम समेत भएको बताए ।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै उनले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्