प्रदर्शनी तथा राष्ट्रिय भेला स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ ।

पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक रमेश श्रेष्ठका अनुसार पूर्वनिर्धारित कार्यक्रम शोकको घडीमा स्थगन गरिएको छ । विभिन्न स्थानका व्यवसायीलाई एकीकृत गरी मौलिक उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीका साथै भेला केही हप्तापछि गरिने छ ।

मुलुकमा करिब ५० हजार ढाका व्यवसायी छन् । प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला पनि गरिनेछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्