नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’: ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो रु नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनिसकिन्छ ।

यसका लागि नेपालमा पहिलो पटक ‘बाइ प्लेन क्याथल्याब’ मार्फत‘न्यूरो इन्टरभेन्सन’ सेवाको सुरुआत भैसकेको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणलाई बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलले विगत एकवर्षदेखि सञ्चालनमा ल्याएको हो । सोही अस्पतालमा विगत एकवर्षदेखि न्यूरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आइरहनु भएका इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा। सुवास फुयालका अनुसार इन्डोभास्कुलर वा न्यूरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसाखोल्ने वा फुटेको मस्तिष्कको नसालाई रिपेयर गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसा भित्र जमेको रगत थेग्लो निकालिन्छ । टाउको नखोलिकन नै मस्तिष्कभित्रको गहिराईमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ ।

उन अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्यूरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक छन् । उनले भने “यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । उपचारमा जोखिम समेत धेरै कम हुन्छ । मस्तिष्कको समस्या जस्तै, मस्तिष्कघात, एन्युरिजम रक्तनलीको फोको, घाँटीको नसा सुक्ने, मेरुदण्डको नसा सम्बन्धि समस्यामा न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ । ”

चिकित्सकका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ब्रेन हेमोरेज भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ । यसलाई क्वाइलिङ्ग भनिन्छ । यस्ता बिरामीहरुलाई साधारणतया ५–७ दिनभित्र घर पठाउन सकिन्छ । डा। फुयालले भने “ तार क्याथेटर को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म सघन उपचार कक्ष आइसियूमा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । ”

अस्पतालका कार्यकारी अध्यक्ष प्राडा मधुदीक्षित देवकोटाका अनुसार एकवर्षका अवधिमा लगभग ५०० बिरामीले‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्यूरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथल्याब मार्फत मस्तिष्क भित्रको रक्तनली सम्बन्धी रोग जस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छा, घाँटीको नसा क्यारोटिड सुक्नु आदिको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिक रुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । उनले भने “जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी, मद्यपान र धूमपानको बानीले गर्दा रगतमा बोसोको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ । यसले गर्दा उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ ।”

डा । फुयालले भन्नुभयो “न्यूरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट थ्रम्बोलाईसिस गरी रगतको थेग्लो पगाल्ने गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टा भित्र बिरामीलाई अस्पताल पु¥याउन आवश्यक छ । तर अहिले क्याथल्याव आईसकेपछि थ्रम्बेक्टोमीकोपद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पु¥याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सम्भव भएको छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्