विद्यालयका छात्रालाई ‘प्याड’ सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

सिमकोट । सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।

गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो । महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ । सर्केगाड –१ स्थित तुम्चामा अध्ययनरत सो विद्यालयका ६ कक्षा देखि ८ कक्षासम्मका छात्रालाई प्याड वितरण भएको विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले जानकारी दिए ।

पालिकाभित्रका निम्न माध्यामिक विद्यालयस्तरका विद्यालयमा ११ लाई प्याड वितरण गरिएको छ । वितरणको क्रममा पनि छात्राले प्याड लिन लजाउने गरेको उनीलाई सम्झाइबुझाइ गरेर प्याड प्रदान गरिएको उनले बताए ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्