वरिष्ठ नेता पौडेलद्वारा नवनिर्वाचित सभापति देउवालाइ बधाई

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित हुनुभएका शेरबहादुर देउवालाई हार्दिक बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नेता पौडेलले आज दिएका बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकतावद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने नै छ भन्दै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ, ‘‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुबै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकतावद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्