जोन्सन एण्ड जोन्सनको ४१ लाख खोप नेपाललाई हस्तान्तरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोभ्यास सुविधामार्फत आएको कोभिड–१९ भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको ४१ लाख खोप नेपाललाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि जर्मनका राजदूत डा.स्टेफन रूसेकले खोप हस्तान्तरण गर्नुभएको हो । खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने भएको सरकारको तयारी छ ।

एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज पनि काठमाडौं आइपुगेको छ । २१ लाख ७६ हजार जोन्सन खोपमध्ये पहिलो चरणमा उक्त खोप आएको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्