अपाङ्गता भएकी महिलालाई एक लाख सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

पाल्पा । जापानी समाजसेवी काजुमासा काकिमी ओके बाजेले अपाङ्गता भएकी एक महिलालाई रु एक लाख सहयोग गरेका छन् । तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई उनले उक्त सहयोग गरेका हो ।

एक कार्यक्रममा उक्त सहयोग अर्याललाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग गरेकामा काकिमीलाई धन्यवाद दिए । अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मान र अवसर दुवै आवश्यक भएको उनको भनाइ थियो ।

काकिमीले पाल्पामा शिक्षा तथा खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि आर्थिक सहयोग गर्दै आएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्