सडक निर्माण हुने भएपछि धर्ना स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढने भएको छ । सडक बिस्तारको काम लामो समयसम्म पनि अगाडी बढ्न नसकेपछि स्थानियवासी आन्दोलित बनेका थिए । सडक बिस्तारको काम अगाडि बढने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरिएको छ ।

चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा सङ्गठित स्थानीयवासीले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दवाब दिन भन्दै आजदेखि डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए । सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्ने भनेकाले धर्नाको कार्यक्रम स्थगन गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिए ।

समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी र ताइवान टोलमाथिको पहिराको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो । अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगन गरिएको गौतमले बताए ।

समितिले केही दिनअघि नागरिक समाज तथा सरोकारवालासँगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्