८३ वर्षीया वृद्धा गाँस र बासको खोजीमा

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा नजिकैको एक बौद्ध गुम्बा पछाडि सानो काठको टहरामा ८३ वर्षीया वृद्धा गाँस बासको खोजीको सहारामा भौतारिएको अवस्थामा भेटिए ।

पत्रकारको टोली त्यहाँ पुग्दा सोही गुम्बामा बस्ने पुजारीले उहाँको अवस्था जानकारी गर्न थाले । पुजारीले साहाराविहीन व्यक्ति खान, बस्न पनि समस्या भएको बताए । महिला बोल्न हिचकिचाइरहनुभएको थियो । केही छिनमा उनलाई बाहिर बोलाएर गुम्बा अगाडि उनको परिचय र अवस्थाका बारेमा जानकारी लिन खोज्दा ८३ वर्षीया ज्येष्ठ नागरिक महिलाले अहिलेसम्म नागरिकता प्राप्त गर्न सकेका छन्

मुगुको डोल्पु स्थायी ठोगाना बताउने महिला वर्षौंदेखि बास र गाँसको खोजीमा भौतारी रहेका छन् । जुम्ला सदरमुकाममा चार वर्षदेखि माग्दै हिँड्ने गरेकी र अन्तिममा बस्ने व्यवस्था कतै नभएपछि उनले गुम्बाको आश्रयमा गएर ओत लिइरहेका छन् ।

नाम साङ्गे फटिङ बताउने ती महिलाले २० वर्षदेखि जुम्लाको चौधबिस क्षेत्रमा बसेर साहाराविहीन भएपछि जीवन जिउन सदरमुकाम आएको बताउए । उनले भने , “चौधबिसको खालाढिकमा विवाह गरेको तर श्रीमान् र छोरा दुवैको मृत्यु हुँदा आफू एक्लिएपछि साहाराविहीन भएकी छु, श्रीमान् र जवान छोरा रोगले मरेपछि र आफ्नो कोही नभएपछि अहिले गुम्बाको आडमा बसिरहेकी छु ।”

उनको साहारामा अहिले उर्गेन र्तीनजङ गुम्बाका ७८ वर्षीय गुरु कांसर लामा र ५९ वर्षीय टोमा लामा छन् । उनीहरुले पछिल्लो समय बास र गाँस दिइरहेको बताए । अहिलेसम्म ती वृद्धाको नागरिकतासमेत छैन । कसरी बनाउने भन्नेमा आफूलाई पनि थाहा नभएको गुरु कांसरले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्