अनुदानमा कुटानीपिसानी मेसिन

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । म्याग्दे गाउँपालिकाले किसानलाई अनुदानमा कुटानीपिसानी मेसिन वितरण गरेको छ । रु ३८ हजार मूल्य पर्ने उक्त मेसिन किसानलाई रु १९ हजारमा उपलब्ध गराइएको हो । किसानको मागअनुरुप १७ वटा मेसिन खरिद गरी किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक प्रशान्त लामिछानेले बताए ।

गाउँपालिकाले समूह बनेर आएका किसानलाई प्राथमिकता दिई वितरण गरिएको र केही व्यक्तिलाई पनि वितरण गरिएको उनले बताए । गाउँका केही स्थानमा मेसिन हुँदा लामो दूरी जानुपर्ने समस्याको अन्त्य भएको उनले जानकारी दिए ।

अलिकति धान कुट्न वा अन्य कुटानीपिसानीका काम गर्नको लागि घरको अन्य काम धन्दा छोडेर लामो समय खर्चिनुपर्ने बाध्यता रहेको थियो । मेसिन पाएपछि किसान खुशी भएका छन् । मेसिनबाट धान कुट्न, पिठो पिस्न, मकै, कोदो, गहुँ, फापर पिस्नलगायतका बस्तु कुटानीपिसानी गर्न सकिने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्