स्वर्ण त्रिकोणको प्रवद्र्धनात्मक भ्रमण

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा, चितवन र लुम्बिनीबीचको पर्यटकीय साझेदारी बढाउने उद्देश्य अनुरुप ‘स्वर्ण त्रिकोण’ को अवधारणका साथ नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न भएको छ । पर्यटनको राजधानीका रुपमा विकास गर्न खोजिएको पोखरा, वन तथा वन्यजन्तु, पर्यापर्यटनको आकर्षक गन्तव्य चितवन र सांस्कृतिक पर्यटनको गन्तव्य लुम्बिनीबीच पर्यटकीय साझेदारी बढाउने उद्देश्यले गत शुक्रबारदेखि यी क्षेत्रको चार दिवसीय प्रवद्र्धनात्मक भ्रमण गरिएको थियो ।

नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि एवं व्यवसायी र तीनै क्षेत्रका सञ्चारकर्मी सहभागी टोलीले चितवन, लुम्बिनी र पोखराका विभिन्न पर्यटकीयस्थलको अवलेकन गरेको थियो ।

भ्रमणका क्रममा पोखरामा आयोजित छलफलमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले पोखरा, चितवन र लुम्बिनीका आ–आफ्नै पर्यटकीय विशेषता भएको बताउँदै यिनीहरूबीचको साझेदारी बढाउने उद्देश्यले भ्रमण आयोजना गरिएको बताए । स्वर्ण त्रिकोणको अवधारणाका साथ प्रवद्र्धनात्मक भ्रमणमार्फत प्रयास थालिएको बताउँदै उनले सबैको साथ र सहयोगमा यी क्षेत्रको पर्यटकीय विकासलाई अघि बढाउन सकिने बताए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना प्रभावित पर्यटनको पुनरुत्थानका साथै आन्तरिक पर्यटनको विकासका लागि स्वर्ण त्रिकोणको अवधारणा बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले पोखरा, चितवन र लुम्बिनीको आ–आफ्नै पर्यटकीय सम्भावना रहेको बताउँदै यिनीहरूबीचको पर्यटकीय साझेदारीका लागि स्वर्ण त्रिकोणको अवधारणा महत्वपूर्ण हुने धारणा राखे ।

यी तिनै स्थानलाई जोड्नका लागि हवाई तथा सडक सञ्जाल प्रभावकारी बन्नुपर्नेमा उनको जोड छ । नेपाल हवाई खेलकूद संस्थाना पोखराका अध्यक्ष कृष्ण भण्डारीले स्वर्ण त्रिकोणको अवधारणालाई प्रभावकारी बनाउन सकेमा यसले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलै टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्