कांग्रेस महाधिवेशन दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् ।

दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्