अझै टुंग्याउन सकेन माओवादी केन्द्रले पदाधिकारी संख्या

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाट चयन हुने पदाधिकारी संख्या अझै टुंग्याउन सकेको छैन । पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन भएता पनि अझ पदाधिकारी संख्या को टुंग्यो लाग्न बाकी रहेको हो ।

पदाधिकारीको संख्या टुंगो लगाउन माओवादी केन्द्रले नेता देव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा पदाधिकारी संख्या बढाउने विषयमा छलफल भएको तर, निष्कर्षमा नपुगेको संयोजक गुरुङले बताए ।माओवादीको अन्तरिम विधान २०७८ अनुसार केन्द्रीय समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ ।

तर प्रदेशमा नौ सदस्यीय र स्थानीय तहमा सात सदस्यीय पदाधिकारी रहेकाले केन्द्रीय समितिमा पनि पदाधिकारी संख्या बढाउनुपर्ने मत माओवादीभित्र छ ।केन्द्रमा पनि पदाधिकारी संख्या बढाएर ९ वा ११ सदस्यीय बनाउन कसरत भइरहेको नेताहरु बताउँछन् । नेताहरूका अनुसार स्थानीय तह र प्रदेश समितिमा भन्दा केन्द्रमा पदाधिकारीको संख्या बढाउने तयारी छ । आफूहरूले आवश्यकता अनुसार विकल्पसहित स्थायी समितिमा सुझाव दिने र त्यससउपर निर्णय गर्ने अधिकार स्थायी समितिलाई नै हुने संयोजक गुरुङले बताए ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्