नेपालमा बिहीबार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा बिहीबार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ५ सय १० पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार ७ सय ५६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ५ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ६३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ९ सय २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार १ सय ६१ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्