‘पार्टीमा देखिएको अराजकतालाई अन्त्य गर्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने’: नेता श्रेष्ठ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा देखिएको अराजकतालाई अन्त्य गर्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने बताएका छन् ।

सोमबार महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले पार्टी बिधि र पद्धतीमा सवालमा कमजोर देखिएको, व्यक्तिवाद र गुटवाद हावी भएको र सांस्कृतिक बिचलन आएको भन्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने बताए । उनले अहिले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न जरुरी रहेको धारणा राखे । यथास्थीतिबादसंग सम्बधबिच्छेद गरेर पार्टीलाई फड्को मार्दै पार्टीजिवनमा देखिएको समस्या समाधान गर्नुपर्ने उनको भनाई छ । त्यस्तै श्रेष्ठले पार्टी पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने उल्लेख गरे ।

त्यस्तै माओवादी नेता जनार्दन शर्माले प्रचण्डको प्रतिवेदन आर्थिक सामाजिक र राजनीतिक समस्या समाधान गर्नेगरि आएको बताए । विज्ञान र प्रविधिमा भएको विकास र जलवायु र वातावरणको विकासलाई माक्र्सवादसँग जोड्ने किसिमले अध्यक्ष प्रचण्डको प्रतिवेदन आएको उहाले जानकारी दिए । माओवादीले गरेको ठूलो परिवर्तनको स्वामित्व लिन नसक्दा पार्टी कमजोर भएकाले यसको स्वामित्व लिनुपर्नेमा जोड दिइएको उनको भनाई छ ।

आइतबारबाट सुरु भएको माओवादी महाधिवेशन पाँच दिनसम्म चल्ने छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्