महायज्ञमा चार करोड सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माण सम्पन्न गर्नका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा रु चार करोड बढी आर्थिक सङ्कलन भएको छ । आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट रु चार करोड पाँच लाख ५९ हजार २१४ सङ्कलन भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले महायज्ञका क्रममा रु एक करोड ८५ लाख ७४ हजार ९६८ नगद सङ्कलन भएको जानकारी दिए । त्यस्तै रु दुई करोड १९ लाख ८४ हजार २४६ बोलकबोल भएको तिमिल्सेनाको भनाइ छ । बोलकबोल भएको रकममध्ये पनि करिब रु एक करोड बराबरको चेक भएको र बाँकी रकम फागुनभित्र दिने प्रतिबद्धता भएको तिमिल्सेनाले बताए ।

मानवसेवा आश्रमको भवन निर्माणका लागि ३३ जनाले एक कोठा बराबरको रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका तिमिल्सेनाको भनाइ छ । उनका अनुसार कोठा अभियानका लागि रु एक करोड ७३ लाख ५३ हजार ५५२, कलश दानबाट रु ९१ हजार ७१० सङ्कलन भएको छ । गत मङ्सिर २६ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महायज्ञ सम्पन्न गर्न रु ४१ लाख सात हजार ४६२ खर्च भएको तिमिल्सेनाले बताए ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भवन निर्माणका लागि रु दुई करोड खर्च भइसकेको भन्दै रु एक करोड सहकारीबाट ऋण लिएको बताए । “हामीले चितवनमा आश्रम भवन बनाउन सहकारीबाट एक करोड ऋण लिएका थियौँ”, अधिकारीले भने , “५० लाख बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सहयोग आएको थियो बाँकी रकम मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट सापटी लिएर काम गरेका थियौँ ।” महायज्ञबाट सङ्कलन भएको रकमबाट सहकारीको ऋण तिरेर बाँकी रकमले भवन निर्माण सम्पन्न गरिने अधिकारीको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्