‘राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन सकेन’ : पूर्वगभर्नर नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका छन् ।

पूर्वगभर्नर नेपालले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताए । उनले विगत ७ वर्ष अगाडि गति शेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताए । पूर्वगभर्नर नेपालले लामो समय देखि पुजी  बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए ।

उनले पछिल्लो समय शेयर बजार लगानीकर्ताहरु उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए । सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले बजारमा सुधार हुन नसक्नु शेयर बजारमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि शेयर बजारलाई जुवा घर,अनउत्पादन क्षेत्र र सम्राराज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए ।

उनले शेयर बजार एकदमै सम्वेदनशिल क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले शेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए । पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोद्रिक नीति मार्फत शेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक संधै बजारप्रति सकारात्मक रहेको बताए । उनले मौद्रिक नीतिमा ४÷१२ करोडको सिमा तोक्ने समय गलत भएको बताए । अब नेप्सेलाई सरकारले नीजि साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको बताए । पूर्वगभर्नर नेपालले विश्वमा नै शेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्