पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरेको छ ।

मंगलबार प्रज्ञा भवनमा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए । युवा, महिला, मुस्लिम, जनजाती र संविधानमा व्यवस्था गरेअनुसारको समावेशीको क्लस्टर बनाउने उहाले जानकारी दिए । त्यस्तै महाधिवेशन दुई दिन लम्विने र १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने उनको भनाई छ ।

बुधबार १ बजे दखि समूह नेताले समूहको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ । पर्सीसम्म निष्कर्ष पेश गर्ने समय निर्धारण गरेको पौडेलले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्