पेस्तोल सहित भारतीय नागरिक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

सुनसरी । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोल सहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ । बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको BR50k\ 0149 नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकल समेत बरामद गरेको बताएको छ ।

प्रहरीले घटनास्थलबाट तीन राउण्ड गोली लोड रहेको एक थान र खाली म्यागजिन सहित अर्को थान गरी २ थान अटोमेटिक पेस्तोल बरामद गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा छापामारीको लागि होटल पुगेको प्रहरी टोलीले हतियार सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताए । सोधपुछको क्रममा भारतीय नागरिकले आफुहरु पेस्तोल बिक्रि गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताए । प
पेस्तोल सहित भारतीय नागरिक पक्राउछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोवारमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशंका सुनसरी प्रहरीले गरेको छ । सुनसरी प्रहरीले हतियार सहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कार्वाहीको प्रकृया अघि बढाइएको बताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्