तनहुँमा पाँच दिनदेखि महिला सम्पर्कविहीन

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन रहेका छन् । यही पुस १० गतेदेखि घर छाडेर हिँड्नुभएकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

चर्च जान्छु भनेर घरबाट हिँड्नुभएकी नेपाली नभेटिएपछि उनको परिवार चिन्तामा छ । उनका श्रीमान् लक्ष्मणले श्रीमतीको केही पत्तो नलागेको जानकारी दिए । नीरमायाको मोबाइलसमेत अफ रहेको उनले बताए । सम्पर्कविहीन भएपछि उनको खोजवीनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ । थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्