पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ देखि सुरु

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ देखि ८ गते सम्म चितवनमा हुने भएको छ ।संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी माघ ५ देखि ८ गते सम्म चितवनको भरतपुरमा गर्ने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनीले नेपाली कृषिहरुको र राष्ट्रिय कृषि उकरण उत्पादनको वृद्धि र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले प्रदर्शनीमा नेपालमा उत्पादन भएका कृषिका नयाँनयाँ प्रविधि,औजार, कृषि उपकरण तथा पछिल्लो दुई वर्षमा आएका विश्वमा कृषिका लागि उत्पादन भएका यान्त्रहरु अवलाकन गर्न पाउने बताए । अध्यक्ष कटुवालले मुलुक कृषि प्रधान मुलुक भएता पनि कृषि औजारहरु विदेशबाट आयात गर्नु पर्ने अवस्था कायम रहेको बताए । उनले पछिल्लो समय नेपालमा १० अर्ब भन्दा बढीको कृषि औजार आयात भइरहेको बताए । उनले अब कृषि प्रविधिहरु नेपालमा नै उत्पादन बढाउनु पर्ने आवश्यकता रहेको समेत औल्याए । अध्यक्ष कटुवालले नेपालमा कृषि औजार उत्पादनको लागि नीतिगत समस्या रहेकाले सरकारबाट समाधान भएमा नै उत्पादन गर्न सहज हुने धारणा राखे ।

प्रदशनीले नेपालको कृषि तथा पशुपालनको क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण एवं व्यवसायीकरण गर्न टेवा पुयाउने तथा एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा संघको रहेको छ । प्रदर्शनीको अवलोकनमा जाने कृषकहरुलाई लक्षित गरी पशुपालन, कुखुरापालन, नगदेवाली, सिँचाई, डेरी सञ्चालन मात्र नभई कृषिका नविनतम औजार, उपकरणबारे प्रदर्शनीस्थलमै विस्तृत जानकारी दिने तयारी गरेको संघले जनाएको छ । त्यस्तै प्रदर्शनीमा कृषि प्रबिधि, कृषि यान्त्रिकरण, बिभिन्न रैथाने बाली, कृषि सम्बन्धि सेमिनार, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम , बाली बीमा सम्बन्धि सुबिधा, कृषि सम्बन्धि बीउ, बिषादी, मल र अन्य उपकरणको प्रदर्शनी एवं खरिद बिक्रि सुविधा , उन्नत बिधि र प्रबिधिको स्थलगत प्रदर्शनी हुने छ । प्रदर्शनीमा प्रवेश भने निशुल्क व्यवस्था रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्