विभिन्न कार्यक्रम गरी पोल्ट्री दिवस मनाइँदै

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको पोल्ट्री व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्दै यसवर्ष यहाँ पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०७० मा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा गरेको थियो ।

जिल्लाका पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन सुरु गरेका छन् । सङ्घीय र प्रादेशिक सरकारसँग सहकार्य गरेर निजी क्षेत्रले कार्यक्रम गरिरहेका हुन् । नेपाल अण्डा उत्पादक सङ्घले नवौँ पोल्ट्री दिवस शनिबार धनगढीमा मनाउँदैछ । सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार सङ्घको कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयका अधिकारी एवं निजी क्षेत्रको सहभागितामा अन्तक्र्रियात्मक कार्यक्रम गरिँदै छ । यसअघि सङ्घले पाँचपटक चितवनमा र अन्य वर्षमा पालैपालो बुटवल, झापा, सुर्खेत र यस वर्ष धनगढीमा कार्यक्रम गर्न लागिएको हो । नेपालमा धेरै अण्डा उत्पादन र सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दाउन्ने समूहका कार्यकारी निर्देशक विनोद पोख्रेलले यस कार्यक्रमले अण्डा र मासुको महत्व दर्शाउँदै पेशामा आउन उत्प्रेरणा जगाउने बताए ।

पोल्ट्रीसँग सम्बन्धित सङ्घसंस्थाले यसलाई पर्वका रुपमा लिएर कार्यक्रम गर्नेक्रम सुरु भएको बताए  । नेपाल कुखुरा व्यवसायी मञ्चले दिवसका सन्दर्भमा बुधबारदेखि विभिन्न कार्यक्रम सुरु गरेको छ । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार पहिलो दिनमा मङ्गलपुरस्थित विश्वप्रकाश माविका विद्यार्थीलाई अण्डा वितरण गरी यसको महत्वका बारेमा जानकारी गराइएको थियो ।

आज भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीलाई अण्डा वितरण गरिएको छ । शुक्रबार रत्ननगर बकुलहर अस्पताल र वृद्धाश्रममा अण्डा वितरण गरिनुका साथै एक विद्यालयमा अण्डाको महत्वका बारेमा कार्यक्रम हुँदैछ । पोल्ट्री दिवसका दिन बागमती प्रदेशको कृषि मन्त्रालयको सहयोगमा अन्तक्र्रिया कार्यक्रम गरिँदैछ । मञ्चका सदस्य मदन पोख्रेलका अनुसार दिवसका दिन गरिने कार्यक्रममा सरकारी नीतिनियम र पोल्ट्रिको अवस्था, यलोपेथिक चिकित्सकबाट अण्डा र मासुको महत्व, कृषि तथा वन विज्ञान विश्वविद्यालय र निजी क्षेत्रकोतर्फबाट चार वटा कार्यपत्र प्रस्तुत गरिँदैछ । हरेक वर्ष यो दिवसलाई विशेष अवसरका रुपमा लिएर विभिन्न कार्यक्रम गर्न थालिएको पोख्रेलले जानकारी दिए । निजी क्षेत्रको अनुरोधमा सरकारले पोल्ट्री दिवस घोषणा गरेको हो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्