वालिङका किसानलाई हाते ट्र्याक्टर मर्मत तालिम

Ad
  • कालोपाटी सम्बाददाता

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले बर्सेनि हाते ट्र्याक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगबिहीन हुने समस्या बढ्दै गएकाले किसानलाई मर्मतको तालिम दिइएको हो ।

मर्मत गर्न सिकाएर हाते ट्र्याक्टर सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यका साथ किसानलाई तालिम प्रदान गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारीमा ‘कोभिड–१९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत किसानलाई हाते ट्रयाक्टर मर्मतसम्बन्धी एकहप्ते तालिम दिइएको हो । तालिममा वालिङका १४ वडाका ५० कृषक सहभागी छन् ।

“गाउँ गाउँमा हाते ट्रयाक्टर छन्, कतिपय बिग्रेपछि थन्क्याइएको छ”, नगर प्रमुख खाँणले भने , “प्रयोगबिहीन भएपछि नयाँ किन्ने गरेको पाइयो, त्यसैले किसानलाई तालिम दिएर मर्मत गरी पुनः सञ्चालन गर्न सक्ने बनाउने योजना छ ।” गाउँमै मर्मत गर्न सक्ने भएपछि बजार लैजानुपर्ने बाध्यता हटेर जाने खाँणको भनाइ छ ।

“मर्मतभन्दा ढुवानीमा बढी रकम र समय खर्च हुने गरेको छ”, उनले भने । मर्मतमा धेरै खर्च हुने भएकाले त्यसलाई जोगाउन पनि किसानलाई सीप सिकाइएको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्