शिक्षा र कृषिको विकासमा साझेदारी कार्यक्रम

Ad
  • कालोपाटी सम्बाददाता

झापा । प्रदेश नं १ कै ठूलो सहकारीका रुपमा स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विर्तामोड नगरपालिकासँग मिलेर शिक्षा र कृषिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमका लागि सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरी र नगरप्रमुख धु्रवकुमार शिवाकोटीले सम्झौतामत्रमा हस्ताक्षर गरे । सम्झौतापत्रमा आधारभूत तह कक्षा–१ देखि ५ सम्म प्रविधिमैत्री कक्षा तथा प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम सञ्चालन, पूर्वाधारयुक्त नगर र विषादीरहित कृषि तथा व्यवसायको अभिवृद्धि र सभ्य तथा स्वस्थ नागरिक बिर्तामोड नरपालिकाको समृद्धि उल्लेख गरिएको छ ।

नगरपालिकाको रु २८ लाख ४० हजार र सहाराको रु १० लाख गरी कूल रु ३८ लाख ४० हजारको लागतमा शैक्षिक विकासका कार्यक्रम गरिने र कृषिका कार्यक्रम लागि पालिकाले रु ४५ लाख र सहाराले रु ४५ लाख गरी रु ९० लाख उपलब्ध गराउने जनाइएको छ । दुवै संस्थाका रू २०-२० लाखको लागतमा साना सिँचाइ कार्यक्रमका लागि मोटर बोरिङ वितरण, रु २५-२५ लाखमा पशु विकाससम्बन्धी मासु पसल सुधार, गाईको भकारो तथा गोठ सुधार, बाख्रा र बङ्गुरको भकारो तथा गोठ सुधार गर्नाका साथै काट्ने उपकरण वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ । यही पुस १४ गते गरिएको सम्झौतापत्रमा सो कार्यक्रमको अवधि विसं २०७९ असार मसान्तमा रहने जनाइएको छ ।

नगरपालिका र सहाराबीच विगत तीन वर्षदेखि विपन्न आवास, शिक्षा र कृषिका क्षेत्रमा साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्