कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कुमारी बैंक लिमिटेडलाई सबै सिस्टम ह्याक गर्ने ह्याकरको धम्की आएको छ ।

बैंकको सूचना प्रविधि शाखामा बैंकको सबै सिस्टम ह्याक गरिदिने साउदी ग्रुप नाम गरेको इमेलबाट चेतावनीसहितको धम्की आएको थियो ।  सो इमेलबाट सबै सिस्टम ह्याक गर्ने धम्की आएपछि बैंकले आज बिहीबार सबै सिस्टम बन्द गरेको छ । धम्की दिने ह्याकरको खोजीकार्य भईरहेको छ । बैंक स्रोतका अनुसार कसले र किन धम्की दियो भन्ने कुरा बुझ्न नसकिएको र अहिलेसम्म बैंकको सबै सिस्टम ठीक रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्