सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा सांसदहरुको जोड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समय अगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने उनले बताए  । नेपालको कुटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै उनले समयानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि बताए  ।

सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गरे  । त्यसैगरी उनले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताए । नेपालको सिमाना मिचिदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उनले बताए  ।

बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तन सँगै राजदूत फिर्ता बोलाउनुले राम्रो शन्देश नगएको टिप्पणी गर्नुभयो । उहाँले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताए । सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देश विचको सम्बन्धमा समेत असर पर्ने धारणा राखे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्