परसपुर–गौघाट सडक कालोपत्र हुने

Ad
  • कालोपाटी सम्बाददाता

गौघाट । बाँकेको परसपुर–गौघाट सडक कालोपत्र हुने भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने सो सडक स्तरोन्नतिका लागि बोलपत्र भइसकेको डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले जानकारी दिए । उनका अनुसार सो खण्डको १० किलोमिटर नालीसहित कालोपत्रका लागि बोलपत्र भइसकेको छ । यसका लागि बहुवर्षीय योजनामा रु २५ करोड बजेट छ । यो सडक नालीसहित १२ मिटरको बन्ने छ । यसमा प्रिमिक्स कालोपत्र सात मीटरको हुने जनाइएको छ ।

ठेकेदार कम्पनीसँग सम्झौता भएको मितिले सडक निर्माणको समयावधि २८ महिना निर्धारण गरिएको छ । वन क्षेत्र र अन्य कुनै अवरोध नभएकाले निर्धारित समयमै सडक निर्माण हुने जनाइएको छ । सांसद नन्दलाल रोकायले विभिन्न प्रक्रियाका कारण कालोपत्रका लागि ढिलो गरी बोलपत्र भएको उल्लेख गए ।

परसपुर–र्गाघाट सडक विस्तारका लागि पक्की सडक भत्काइएका कारण वर्षात्मा हिलाम्मे भएका सर्वसाधारण अहिले धुलाम्ये हुने गरेका छन् । जिल्लाको जानकी र खजुरा गाउँपालिकाका सर्वसाधारण सदरमुकाम नेपालगञ्ज आवतजावतमा अहिले सास्ती हुने गरेको खजुरा–२ सीतापुरका लक्ष्मीबहादुर थापाले बताए । “सडकभरि धुलो छ, नेपालगञ्ज आउन जान धेरै गाह्रो भएको छ, उनले भने , “मोटरसाइकलमा आवतजावत गर्दा धुलाम्मे भएर मान्छे चिनिन नसक्ने स्थिति छ ।

बाँके र बर्दियाका ग्रामीण बस्ती हुँदै बर्दिया सदरमुकाम गुलरिया जोड्ने छोटो दूरीका रूपमा यो सडक रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको परसपुरबाट, जानकीको बेलभार, खजुराको गौघाट, बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं १ र २ हुँदै कण्ठीपुरबाट गुलरियालाई जोड्ने २२ किलोमिटर सडक निर्माण गर्न पहल भैरहेको जनाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्