लागुऔषधसहित दुई जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका(१० को दोदापुलबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । उनीहरू सवार से३प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसया बजारबाट लागुऔषध खरिद गरेर ल्याएको बुझिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्