प्रभु बैंकको वार्षिक साधारणसभा आइतबार हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा आइतबार हुने भएको छ । बैंकले साधारणसभासभामा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।  सभामा बैंकले गत वर्षको नाफाबाट १२%  बोनस सेयर र कर तिर्न 0.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ । सभाका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएकाले ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउने र सभामा भाग लिन पाउनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्