पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

३५ जना मलामी सहित बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको  लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको  मृत्यु भएको छ भने  ८ जना घाइते भएका छन् ।

बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेको  लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ भने मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्