राष्ट्रियसभा निर्वाचनको १९ सिटको भागबण्डामा सहमति

Ad
  • कालोपाटी सम्बाददाता

सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटको भागबण्डामा सहमति भएको छ  । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनको १९ सिटको  भागबण्डा मिलाएको  हो ।

सहमति अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट परेको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । १९ सिटका लागि  माघ १२ गते  चुनाब हुन लागेको हो  । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

फोटो :फाइल

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्