फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २०मा खेल्नी टोलीको अभ्यास सुरु

Ad
  • कालोपाटी सम्बाददाता

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि क्यानले चार खेलाडीलाई कारबाही गरेपछि गिजलिएको क्यान र खेलाडीको विवाद अहिले प्रशिक्षणमा देखिएको छ । क्यानले डाकेका ३० खेलाडी मध्ये पहिलो दिन केही १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन् ।

नेपाली क्रिकेटले जस्तो उचाई पाएको थियो त्यो उचाईमा अहिले विभिन्न टिका टिप्पणी हुन थालेका छन् । केही साता अघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी अनुशासन भन्दा बाहिर गए भन्दै गरेको कारबाही अहिले क्रिकेटको अभिभावक संस्था क्यानलाई नै गलाको पासो भएको छ । यद्यपि क्यान आफ्नो निर्णयमा अडिक नै छ । खेलाडी संस्था गलाउने अनेक जुत्ति अपनाइरहे पनि क्यान गल्न सकेको छैन । कारबाही भएपछि क्यानले फेब्रअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि चार खेलाडी सहित ३० खेलाडी फेरिस्तो तयार पारेर बन्द प्रशिक्षणमा डाक्यो । सोमबार मैदानबाट अभ्यास थाल्ने तयारी गरेको टोलीमा १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन् । सन्दीप लामिछाने विगबासमा भएकाले उनको उपस्थिति सम्भव भएन् । घोषणा गरेका मध्ये पहिलो दिन अभ्यासमा १६ खेलाडी उपस्थित भएको र अन्य केही दिनमा जोडिने नेपाल टोलीका मुख्य प्रशिक्षक पुबुदुले बताए ।

पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी मैदानमा उपस्थित हुँदा बाँकी ६ जना खेलाडी पिसिआर परिक्षण बाँकी रहेकाले होटल रहेका छन् । बाँकी नौं खेलाडीले आज साँझ सम्म रिर्पाेटिङ गर्ने मुख्य प्रशिक्षक पुबुदु दसानायिकले जानकारी दिए । सोमबार पत्रकारसँग बोल्दै टोलीका प्रशिक्षक पुबुदुले क्रिकेट एसोसिएसन र खेलाडीबिचको छलफल निकै सकरात्मक भएको र राष्ट्रिय टोलीको तयारी भएकाले बोलाएका खेलाडी उपस्थित हुनेमा आशावादी रहेको बताए ।

दशानायकेले पछिल्लो समय बोर्डले आफुलाई निकै सहयोग गरेको भन्दै पछिल्लो समस्याको समाधान हुने विश्वास व्यक्त गरे । प्रशिक्षक पुबुदुले कप्तान सन्दीप लामिछानेनै रहेको भन्दै अहिले विधागत कप्तानको कुरा आफुलाई जानकारी नभएको बताए । पहिलो दिनको अभ्यासमा उपस्थित खेलाडीले फिटनेस लागि अभ्यास गरेका गरे ।

ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयोजक ओमान, आयरल्यान्ड, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन रहेका छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्