महिला तथा सामाजिक समितिले लैङ्गिक हिंसाका घटनाहरु संवेदनशील भई अनुसन्धान गर्न सरकारलाई निर्देशन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैङ्गिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले महिला हिंसा, लैङ्गिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकले लैङ्गिक हिंसाका घटनाहरुप्रति संवेदनशील अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन पनि गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

महिला हिंसाका सम्बन्धमा परेका उजुरीहरुलाई द्रुतमार्गबाट शीघ्र किनारा लगाउन साथै पीडितहरुको सुरक्षाको सुनिश्चितता गर्न पनि समितिले सरकारलाई सचेत गराएको सभापति निरुदेवी पालले बताए । उनले न्यायका लागि माईतीघर मण्डलामा धर्नामा बसेका महिलाहरुको स्वास्थ्य स्थिती परीक्षण गर्न गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरी घर फर्किने वातावरण बनाउन समिति राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरी प्रधानलाई निर्देशन दिएको बताए ।

सभापति पालले राजनीतिक दबावमा काम गर्ने वातावरण अन्त्य हुनुपर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्