नेपालमा मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ७ सय ९४ पिसिआर परिक्षणका क्रममा ३ सय ५५ जना र १ हजार ५ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार ९ सय ५० पुगेको छ । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ६३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ८ लाख १२ हजार ९ सय ३७ निको भएका छन् । हाल नेपालमा ५ हजार ९४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्