वसन्त चौधरीका दुई कवितासंग्रह पुस्तक लोकार्पण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मंै’ काव्यसंग्रह र ‘तिमी बिनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ ।

मंगलार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमका बीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो । काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशिलता नरोकिने बताए । उनले आफ्नो कवितासंग्रह ‘तिमीबिनाको म’ मा समाजमा भएका घटनाहरुको बारेमा चित्रण गरिएको बताए ।

चौधरीको ‘तिमीबिनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कवितासंग्रहहरु संग्रहीत छन् । कवितामा आत्मपरकताको उदाहरणीय प्रयोग गरिएको छ भने कविता अंग्रेजी भाषामा रहेको छ । त्यस्तै हिन्दी भाषामा रहेको काव्यसंग्रह अनेक पल और मैं मा उनले आफ्ना जीवनका चिन्तनहरुलाई समेटे्का छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्