भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

गोरखा । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएकाछन् ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् । जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम यूएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिव ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । अझै पनि गोरखामा भूकम्पबाट भत्किएका साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्नसके गोरखाको मुहार फेरिने स्थानीयहरुको भनाइ छ । ३ लाखमा सरकारले बनाइदिएको घरमा अहिले आनन्द महशुस गरिरहेको उनीहरु बताउँछन् ।

त्यस्तै गोर्खा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरु सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका कामहरु बाँकी रहेको बताए । उहाँले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरु पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गरे ।

आवास पुनर्निर्माणपछि स्थानीयहरु रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितीमा सुधार भएको बताउँछन् । यूएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरुबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिक स्तर बढ्दै गएको बताउँछन् । उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरुको भनाइ छ । आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुशी लागेको महशुस गर्छन् ।

त्यस्तै सिक्स टेक्टिकल सर्भिसेस प्रा.लि.का दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले नेपालमा भूकम्पबाट सुरक्षित घरहरु निर्माण गरेको बताए । त्यस्तै नेपाल स्थित भारतीय दुतावास उपप्रमुख खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताए । उनले यूएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्र्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताए ।

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डाे काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएको बताए । उनले यूएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताए । उपप्रतिनिधि बेर्नान्र्डाेले पुनर्निर्माणका काममा आफूहरु हरेक कुरामा केन्द्रित रहेकोले सुरक्षित आवास निर्माण भएको दाबी गरे । उनले नेपाललाई यो बाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्