निर्मला कुर्मी हत्या प्रकरणको आमरण अनशन स्थगीत

Ad
  • कालोपाटी सम्बाददाता

नेपालगञ्ज । निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनशनमा बसेकी रुबी खान लगाएतका महिलाहरुले आन्दोलनका कार्यक्रमलाई स्थगीत गरेका छन् ।

सरकारसँग चारबुँदे सहमति भएपछि महिला अधिकार मञ्च नेपालगञ्जले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगीत गरेको हो । सरकारसंग भएको सहमतिमा न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत खबरदारी गर्ने अधिकारकर्मी रुबी खानले बताए ।उहाले पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्ने, साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने सहमति भएको बताए ।त्यस्तै सरकारी प्रतिवेदन कार्यान्वयनमा प्रशासनिक सहजीकरण र सत्याग्रहसहितका आन्दोलन रोक्ने सहमति भएको उहाले जानकारी दिए ।

घरेलु हिंसामा परेकी नन्कुन्नी धोबी र बेपत्ता भएकी निर्मला कुर्मीको न्यायका लागि दबाव दिन अधिकारकर्मीहरु ४० दिन भन्दा बढि काठमाडौंको माइतिघरमा रिले अनसनमा बसेका थिए । उक्त घटनामा यसअघि गृह मन्त्रालयको सह–सचिव नेतृत्वको छानविन समितिले १४ कात्तिकमा गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको प्रतिवेदनमा पूर्वसभासद् बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । साथै किटानी जाहेरीमा उल्लेखित अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न समितिले सुझाएको थियो ।

सरकारी प्रतिवेदनले गरेका सिफारिस कार्यान्वयन गर्न छाडेर प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारले चासो नदेखाएकाले उनीहरु आन्दोलित भएका थिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्