‘संविधानले दिएको अधिकार बाँडफाँडको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबिच विवाद देखिएको छ’ : मुख्यमन्त्री पोखरेल

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले दिएको अधिकार बाँडफाँडको विषयमा केन्द्र सरकार र प्रदेश सरकारबिच विवाद देखिएको बताएका छन् ।

बुधवार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनहरुको जानकारी सम्बन्धी गोष्ठी’ मा बोल्दै मुख्यमन्त्री पोखरेलले केन्द्र सरकार र प्रदेश सरकारले प्रयोग गर्ने अधिकारको सम्बनधमा विवाद देखिएको बताए । संविधानले दिएको केन्द्र र प्रदेश सरकारको साझा र एकल अधिकारको सम्बन्धमा विवाद देखिने गरेकाले केन्द्र र प्रदेश सरकारले पाउनुपर्ने अधिकारहरुको सम्बन्धमा परिमार्जन गरेर अगाडी बढ्नुपर्ने उनले बताए । उनले प्रदेश सरकारले कानूनहरु बनाएको भएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले संघीयताको मुख्य उपलब्धी नै प्रदेश सरकार भएकाले प्रदेश सरकारलाई सक्षम बनाउनुपर्ने बताए । केन्द्र सरकारले केन्द्रमा धेरै र प्रदेश तथा स्थानीय सरकारमा कम बजेट छुट्याउने गरिएको उल्लेख गर्दै उहाँले वित्तिय संघीयतालाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्