कमेडी क्लब विथ च्यम्पियन्स माघ महिना देखि आउदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । हास्य व्यंग्य विधाको नयाँ रियालिटी सो आउने भएको छ ।

कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा कमेडी क्लब विथ च्यम्पियन्स नामको हास्य व्यंग्य विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् । बुधबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै कि इन्टरटेन्मेन्टले कमेडी क्लब विथ च्यम्पियन्स आगामी माघ महिना देखि हरेक सोमबार नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको बताएको छ ।

सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने कमेडी क्लब विथ च्यम्पियन्समा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई,उमेश राई (फुलन्देकी आमा ), मेक्सम गौडेल,श्रेया सुवेदी,साजन श्रेष्ठ सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ । हासो र व्यंग्य मार्फत परिवार समाज र आम जनमानसमा मनोरंजन प्रदान गर्ने उद्देश्य कार्यक्रमले लिएको आयोजक संस्था कि इन्टरटेन्मेन्टले बताएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्