हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र नौ वटा स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो ।

उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्क लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धित धनीलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुुसार महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बिशेष सूचना मार्फत ती मोटरसाईकल वरामद गरेको हो । सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकल राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न सवारी प्रयोगकर्तालाई महाशाखाले अनुरोध गरेको छ।

आर्थिक वर्ष ०७८ र ७९ मा हराएका २२३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाईकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागि पठाएको समेत महाशाखाले जानकारी दिएको छ ।

 

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्