उखुको न्युनतम खरिद मुल्य प्रतिक्विन्टल ५ सय २० रुपैया निर्धारण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सरकारले यो वर्षका लागि उखुको न्युनतम खरिद मूल्य सरकारी अनुदान बाहेक प्रतिक्विन्टल ५ सय २० रुपैया निर्धारण गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ पाउने जानकारी दिए ।

त्यस्तै सरकारले दिने अनुदान ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शिर्षकमा थप प्रति क्विन्टल ४ रुपैयाँ ७७ पैसा थप गरेर यस बर्ष किसानले ५ सय ९० रुपैया पाउनेछन् । बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिद गर्न सम्झौता गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ भने राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।

बैठकले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सीडीओलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषदले जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र विहीबार दुई दिन प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई तीन लाख रुपैया आर्थिक सहायता उपलव्ध गराउने निर्णय गरेको छ । त्यस्तै बैठकले गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ भने राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कृष्ण बहादुर राउतलाई विशिष्ट श्रेष्णीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्