‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी अंकमा खेल्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले बनाएको थियो । खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गरेको बल सुशीललाई लाग्दै गोल भएको थियो ।

तर, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । दिपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो । यस बराबरीसँगै संकटाले ८ खेलमा १४ अंक जोडेको छ । सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्