पछिल्लो एक सातामा नेप्से १६७.९७ अंकले वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएको छ ।

गत साताको बुधबार अन्तिम कारोबारको दिन परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको थियो । पछिल्लो सातामा पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यसरी पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २ हजार ६९२.९७ विन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो साता ४.२७ अंकले बढेको नेप्से परिसुचक यो साता १६७.९७ अंक माथि पुगेको हो । पछिल्लो चार महिना देखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक यो साता भने उच्च रुपमा वृद्धि भएको छ ।

साताको पहिलो शेयर कारोबारको दिन आइतबार नेप्से ६०.४१ अंकले वृद्धि भएर २ हजार ५८५.९१ विन्दुमा पुगेको थियो । आइतबार नेप्से परिसूचकसँगै ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेका थिए । आइतबार ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै, सोमबार पनि नेप्से परिसुचक उकालो लागेको थियो। जुन दिन ३२.०३ अंक बढेर २ हजार ६१६.९४ विन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २३० कम्पनीको ८२ लाख ५ हजार कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि सुधार भएको थियो ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९.९५ विन्दुमा पुगेको थियो । त्यस्तै उक्त दिन पनि ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत ३.२५ अंक, फ्लोट इण्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९६ अंक बढेको थियो । मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबारको कारोबार रकम भने घटेको थियो ।

सातको चौथो दिन भने तीन दिन लगातार रुपमा उच्च अंक बढेको शेयर बजार मापक नेप्से परिसूचक बे्रक लागेको थियो । तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दु माथि पुगेको नेप्से परिसूचक उक्र दिन ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो । कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार बढेको थियो ।

साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ । बिहिबार नेप्से ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ । बिहिबार कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गतसाता २ अर्ब ३ करोड ४८ लाख रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता २ खर्ब ३६ अर्ब २ करोट रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३५ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब ३६ अर्ब २ करोट रुपैयाँ सम्पति बढेर ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्