थप ९४४ मा कोरोना सङ्क्रमण पुष्टि

Ad
  • कालोपाटी सम्बाददाता

देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९७ हजार ८९ पुगेको छ । पछिल्लो समय थप २९७ जना कोरोनाबाट निको भएका छन् ।

यससँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख १४ हजार ६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा दुई लाख बढीले लगाए खोप    

पछिल्लो समय दुई लाख ४३ हजार ४६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार १४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । यस रोगबाट हालसम्म शुक्रबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । हाल होमआइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६३१ छ । संस्थागत आइसोलेशनमा ५०९, आइसीयूमा ८१ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्