आर्थिक वृद्धिदर तोकिएको लक्ष्यभित्र पुर्‍याउन चुनौती छ : गभर्नर अधिकारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती रहेको बताएका छन् । सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभाव र धान उत्पादनमा आएको कमी चुनौती थपिएको उनको भनाइ छ ।

मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६।५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनले बताए । यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको उनले बताए । यो साताबाट तरलता केही सहज बनेको र अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको भन्दै यसलाई बढ्दो आयात मुख्य कारण रहेको अधिकारीले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्